बैतडीका मृगौला पीडित मृतक तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग

everest kitchen

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका -१ लदौली घोडापनका मृगौलाको समस्याले मृत्यु भएका तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग गरिएको छ । समाजसेवी तथा खेलाडी धर्म भट्टराई र समाजसेवी प्रकाश कार्किको पहलमा ४७ हजार ३२०रुपैयाँ आर्थिक सहयोग गरियको हो

केही महिना अगाडि काठमाडौको टिचिङ्गमा उपचार गर्दै आएका भट्टराई खर्च अभावका कारण घरफर्केका थिए । खर्च अभावकै कारण उपचार हुन नपाएपछी भट्टराईको मृत्यु भएको स्थानीयले बताए । मृतक भट्टराईको श्रीमती  गर्भपतीसमेत रहेको धर्म भट्टराईले जानकारी दिए ।

मृतकका दुई छोरिहरुलाई पालन पोषणमा समस्या भएपछि मलेसियामा रहेका धर्म भट्टराई र प्रकाश ब कार्कीको पहलमा रकम संकलन गरी पाटन-१ का वडासदस्य मोहन पन्त मार्फत पीडितलाई रकम हस्तान्तरण गरिएको बताएको छ ।