भारतिय नेतालाई समर्थन गर्दै टीकटक बनाउने चार बिदेशि मलेसियामा पक्राउ, नेपालीहरु पनि पक्राउ परेको आशंका

everest kitchen

भारतिय नेता नुपुर शर्मालाई समर्थन गर्दै टीकटक भिडियो बनाउने चार जना बिदेशि मलेसियामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालीहरु पनि रहेको आशंका गरिएको छ ।
भारतिय जनता पार्टीकी नेता नुपुर शर्माले मुस्लीम धर्म सम्बन्धि दिएको विवादास्पद अभिब्यक्तिका कारण संसारभरका मुस्लिमहरुले बिरोध गरिरहेको अबस्थामा मलेसियामा कार्यरत नेपालीहरु भने हिन्दु धर्मको नाम दिएर नुपुर शर्मालाई समर्थन गर्दै टीकटक भिडियो बनाएका थिए ।
मलेसियन अनलाईन समाचार फ्रिमलेसियन टुडेका अनुसार मलेसियाको क्लाङ्ग शहरबाट पक्राउ परेका चार जना नेपालीहरुसँगै टीकटक भिडियोमा देखिएका अन्यलाई पनि खोजि गरिरहेको मलेसियन प्रहरीले जनाएको छ ।