विवाहको नाटक गरेर करोडौंको सम्पत्ति आफ्नो नाममा गरेर फरार भावना तामाङ पक्राउ

everest kitchen
फुर्वा र भावनाबीचको विवाह कार्यक्रम

काठमाडौं । विवाहको नाटक गरेर ठगी गर्ने एक महिला पक्राउ परेकी छिन् । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घई भई हाल काठमाडौं जिल्ला गोकणेश्वर–५ नयाँ वस्ती बस्ने वर्ष ३८ की भावना तामाङ गत साता पक्राउ परेकी हुन ।

आफ्नो विगत गलत बताएर विवाह गरेको र विवाहपछि सम्पति आफ्नो बनाएको आरोपमा पति फुर्वा मोक्तानले उनी विरुद्ध उजूरी दिएका थिए। मोक्तानको उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरले गोकर्णेश्वर बस्दै आएकी भावना तामाङलाई पक्राउ गरेको हो ।

झन्डै डेढ करोड नगद, गरगहना र ससुराको नाममा रहेको घर, जग्गासमेत आफ्नो नाममा गरेर जापान गई सम्पर्क विहीन भएकी भावनाको बारेमा पतिले परराष्ट्र मन्त्रालय, विभिन्न महिला संघसंस्थाहरुमा उजुरी गरे पछि भावना नेपाल फर्किएकी थिइन ।

ठगी आरोपमा जेठ ३० मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी भक्तपुरले जनाएको छ । भावनाले रौतहटको चपुर नगरपालिका वडा नं. २ फूलबारीका फुर्वा मुक्तानसँग परम्परागत तथा विभिन्न सामाजिक मान्यता अनुसार विवाह गरेकी थिइन् ।

मलेसियामा ब्यबसाय गर्दै आएका फुर्बा दोर्जे मुक्तान र जपानमा बस्दै आएकी भाबना तामाङ फेसबुकबाट प्रेम सम्बन्ध गासिएको र दुबैजना नेपाल आएर गत साल बिवाहा गरेका थिए ।

विवाहपछि केही समय पति फुर्वासंगै काठमाडौंको मुलपानि स्थित घरमा संगै बसेकी भावनाले फकाएर पैतृक र निजी सम्पति भावनाले आफ्नो नाममा पारेर टाढा हुन खोजेको फुर्वाको आरोप छ । सम्पति हत्याएर सम्बन्ध अन्त्य गर्न खोजेको र भावनाबाट आफु ठगिएको फुर्वाको आरोप छ ।

महिला पुरुष बराबर हो, बिबाह बन्धनमा बाधिएर दुबै जना एक भएपछि कतिपय नारिका चाहनालाई पनि सम्बोधन गर्नुपर्छ भन्ने मान्यता राख्ने आफुलाई उक्त सोझोपनको फाईदा उठाएको फुर्वाले बताए ।

उनले भने, पैत्रिक सम्पत्ति होस या आर्जित सम्पत्ति होस बिबाह गरेपछि जसको नाममा गर्दा पनि फरक पर्दैन भन्ने सोचियो तर कुनियतले जालमा फसाएर सम्पत्ति हडेपेर सम्पर्क बिहिन नै हुनु, सम्बन्ध तोड्ने अनेकन प्रयास गर्नु ठिक भएन । सत्यको जीत हुन्छ भने साहेद न्याय पाउछु होला । ”

भावनाविरुद्ध ठगी मुद्दामा म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अहिले घटनाको अनुसन्धान भइरहेको र प्रमाणित भएमा जरिवानासहित १० वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।