त्रिवेणीमा स्वास्थ्य क्षेत्रका प्राथमीकीकरणमा परेका ५ समस्या समाधानमा सामुहिक प्रतिबद्धता

everest kitchen

रुकुम । त्रिवेणी गाउँपालिका स्वास्थ्य क्षेत्रका प्राथमिकीकरणका आधारमा ५ समस्याको समाधानमा सामुहिक प्रतिबद्धता जनाईएको छ । आगामी वर्षको लागि गाउँपालिकामा स्वास्थ्य क्षेत्रको योजना तथा बजेट तर्जुमा पुर्वतयारी बैठकको अवसरमा जनप्रतिनिधि तथा सम्बन्धित सरोकारवाला निकायले उक्त प्रतिबद्धता जनाएका हुन ।

छलफलको क्रममा आएका २१ वटा समस्याहरुबाट भोटिङको आधारमा पाँचवटा समस्या प्राथमीकीकरणमा परेका थिए । पहिलो प्राथमिकतामा अत्यावश्यक अौषधि आपूर्ति तथा व्यवस्थापन समस्याको समाधान रहेको छ । दोस्रोमा प्रभावकारी अनुगमन तथा पुपेरीवेक्षण हुनुपर्ने । तेस्रोमा प्रसुती सेवा प्रभावकारी बनाउन आवश्यक स्रोत साधन तथा तालिमको व्यवस्था हुनुपर्ने । चौथोमा वैकल्पिक उर्जाको प्रभावकारी व्यवस्थापन हुनुपर्ने र पाँचौमा सबै स्वास्थ्य संस्थामा न्युनतम प्रयोगशालाको व्यवस्थापन हुनुपर्ने रहेको छ ।

कार्यक्रमलाई युएसऐआडीको स्वास्थ्यका लागि सक्षम प्रणालीको सहजिकरण रहेको थियोे । साथै कार्यक्रमको अध्यक्षता त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी हिमालले गरेका थिए भने कार्यक्रममा जनप्रतिनिधि, गाउँपालकका स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाका प्रतिनिधि र अन्य सरोकारवाला निकायको उपस्थिति रहेको थियोे ।

त्यस्तै सोही दिन सोही स्थानमा स्थानीय तहमा मानवअधिकार कार्य योजनाको विकास नामक कार्यक्रम सम्पन्न भएको छ । एफएचआई३६० र हरप्लेस रुकुम (पश्चिम)को साझेदारीमा र युएसऐआडीको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा अधिवक्ता गणेश हमालले मानवअधिकार सम्बन्धि प्रशिक्षण दिएका थिए ।