“समय ” लघुकथासङ्ग्रह विमोचन

everest kitchen

भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर पार्टी भेन्युमा सिर्जना अभियान समाजले हरिगोविन्द भोमीद्वारा लिखित समय लघुकथासङ्ग्रह विमोचन गरेको छ । उक्त पुस्तकको विमोचन साहित्यकार मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ, खेमराज पाखरेल, विश्वराज अधिकारी, लता केसी, ध्रुव मधिकर्मी, हरिगोविन्द भोमी र डा. शेखरकुमार श्रेष्ठले संयुक्त रूपमा गरेका थिए ।

विमोचन कार्यक्रममा लघुकथाकार ध्रुव मधिकर्मीले स्वागत मन्तव्य राखेका थिए भने हाम्रो लघुकथा पाठशालाका संस्थापक तथा लघुकथाकार लता केसीले हाम्रो पाठशालाको गतिविधि प्रस्तुत गर्दै शुभकामना मन्तव्य दिएकी थिइन् । हरिगोविन्दबाट लिखित प्रस्तुत लघुकथाङ्ग्रहले वर्तमान नेपाली समाजमा देखिएका विकृतिविसङगति प्रस्तुत गरी समाज सुधारका लागि लाग्न सन्देश दिएको कुरा पुस्तकको समीक्षा गर्ने क्रममा डा. शेखरकुमार श्रेष्ठले व्यक्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले लघुकथा लेखन सिपको बारेमा विचार राखेका थिए भने साहित्यकार विश्वराज अधिकारीले पनि लघुकथा लेखनका साथै बजारको बारेमा धारणा राखेका थिए । उनले लघुकथा लेखन र प्रकाशनले बजारको माग बोके पनि प्रकाशक, वितरक र पुस्तक विव्रmेताले यसको उत्तरादायित्व बहन गरी साहित्यकारको प्रवर्धन गर्न नसकेको विचार राखेका थिए ।

यस कार्यव्रmममा प्रमुख अतिथि मोहनबहादुर कायस्थले दुई सय पचास वर्षपूर्व मेरा पुर्खा पनि यहीँका बासिन्दा भएको भन्दै भक्तपुरमा विकसित भएको साहित्यिक कार्यव्रmमको प्रशंसा गरे। यस सिलसिलामा उहाँले सिर्जना अभियान समाज, भक्तपुरलाई पच्चिस हजार रुपैयाँ हस्तान्तरण गर्दै आज उपस्थित भएका व्यक्तिहरूको एक सय एक लघुकथा सङ्कलन गरी प्रकाशन गरेमा आफूले प्रकाशनको अभिभारा लिने कुरा बताए ।

समाजद्वारा आयोजित यस कार्यव्रmममा साहित्यकार विनोद नेपाल, शेखर अर्याल, ममता मृदुल, वन्दना घिमिेरे, मदन पोखरेल, शान्ता शाक्य, मनिशकुमार शर्मा समित, कुमुदप्रसाद प्याकुरेललगायत सयौँको सङ्ख्यामा लघुकथाकार तथा लघुकथा अनुरागीको उपस्थिति थियो ।

कार्यक्रममा हरिगोविन्द भोमीले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । आजको यो विमोचन सिर्जना अभियान समाजका अध्यक्ष एवं साहित्यकार धनमान श्रेष्ठको सभाध्यक्षमा भएको थियो भने कार्यक्रमको सञ्चालन समाजका सचिव विपिनचन्द्र बनेपालीले गरेका थिए ।