परपुरुषसँग रंगेहात फेला पारेपछि पत्नीको ह,त्या

everest kitchen

 

काठमाडौं । पूर्वी सिक्किमको साम्लिकमा अस्थायी बसोबास गर्दै आएका एक नेपाली पुरुषले आफ्नी श्रीमतीको ह,त्या गरेका छन् । आफ्नै घरमा परपुरुषसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पारेपछि वीरबहादुर रसाइलीले श्रीमतीको ह,त्या गरेको नर्थइस्ट टुडेले जनाएको छ ।

रसाइलीले आफ्नी पत्नी ३५ वर्षीया लक्ष्मी रसाइलीलाई नेपालकै लाक्पा शेर्पासँग फेला परेका थिए । रानीपुल प्रहरीका अनुसार अभियुक्तका छोराले आफ्नी आमाको हत्याको आरोपमा गत शनिबार उजुरी दर्ता गरेका थिए । उजुरीमा सो दिन साँझ ७ बजे रसाइलीले लाक्पासँग लक्ष्मीलाई आपत्तिजनक अवस्थामा फेला पारेका थिए ।

क्रुद्ध बनेका रसाइलीले लक्ष्मी र लाक्पालाई दाउराको चिर्पटले आक्रमण गरेका थिए । लाक्पा घटनास्थलबाट भागे पनि छोरा घर पुग्दा आमालाई घरको कोठामा मृत फेला पारेका थिए । प्रहरीले घटनाको मुख्य हतियार चिर्पट फेला पारेको छ ।

लक्ष्मीको शवलाई टाडोङ स्थित हाल अस्पतालमा राखिएको छ । नेपालबाट उनको अभिभावक आएपछि पोस्टमार्टम गर्ने तयारी गरिएको छ । घटनामा घाइते लाक्पाको एसटीएनएम अस्पतालमा उपचार भइरहेको छ ।नर्थइस्ट टुडेले