रबि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी, प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा

everest kitchen

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।
काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय सभागृहमा आयोजित पार्टीको नाम घोषणा कार्यक्रममा उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन समेत आग्रह गरेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए । प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डा उनले अघि सारेका छन् ।