“पखेटा” – डा. टीकाराम पोखरेल

everest kitchen

लघुकथा – पखेटा

डा. टीकाराम पोखरेल
मान्छेले पखेटा हाल्यो । मान्छेले पखेटा हालेपछि खबर भाइरल हुने नै भयो ।
पखेटा नहालेका मान्छेहरुले ठाने- “अब मान्छे पनि आकाशमा उड्ने भो । यो मानव विकासको इतिहासकै ठूलो उपलब्धि हो ।”

पखेटा नहालेका मान्छेहरू मान्छे उडेको हेर्न एक ठाउँमा जम्मा भए । उडेको मान्छे हेर्न आकाशतिर आंखा दौडाउन थाले । क्यामराम्यानहरूले आफ्नो क्यामराको लेन्स आकाशतिर घुमाए । मान्छे उडेको खबर लेख्न कलमहरू तम्तयार थिए ।

देखिएन । आकाशमा हेर्दा हेर्दा आंखा टट्टाए । तर आकाशमा मान्छे उडेको देखिएन ।
एकैछिनमा खबर आयो- ” आफूभन्दा ठूलो पखेटा हालेर आकाशमा उड्न ठिक परेको मान्छे त आफ्नै पखेटा आफैंलाई भारी भएर जमिनमा पो गिरेछ । कहिल्यै उठ्न नसक्ने गरि ।”