दिल्लीबाट नेपाल आयो र ‘धार्मिक रेल’

everest kitchen

काठमाडौं । रामायण सर्किट अन्तर्गत भारतबाट जनकपुरमा धार्मिक रेल आएको छ। मंगलबार दिल्लीबाट धार्मिक पर्यटक लिएर हिँडेको रेल बिहीबार जनकपुर आइपुगेको हो ।

जनकपुरधाममा तीर्थयात्रुलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, जानकी मन्दिरका पुजारी रामरोशन दास वैष्णवलगायतले स्वागत गरेका थिए ।

जनकपुरधामबाट तिर्थालुहरु भोलि पुनः सोही रेलबाट सितामढीका लागि प्रस्थान गर्नेछन् । सो रेलमा ६ सय तिर्थालुहरु आएको बताएको छ ।