रुकुमको त्रिवेणी गाउँपालिकाद्धारा ४९ करोड ३५ लाखको बजेट विनियोजन (पूर्णपाठसहित)

everest kitchen

विपेन उलङगे
रुकुम (पश्चिम)  । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका आर्थिक वर्ष २०७९/८० को लागि निति तथा कार्यक्रम र बजेट ल्याएको छ । शुक्रबार गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले सातौ गाउँसभामा झण्डै ४९ करोडको बजेट सार्वजनिक गरेकी हुन  ।  गत बर्षको सरकारले ४५ करोड २४”लाख ९३ हजारको बजेट विनियोजन गरेको थियोे ।

उपाध्यक्ष रेउलेद्धारा सार्वजनिक बजेटमा गाउँपालिकाको कुल ४९ करोड ३५ लाख ६५ हजार ४२२ विनियोजन गरिएको छ । जसमा चालुतर्फ ३६ करोड ८० लाख ६५ हजार ४२२ अर्थात ७४. ५७ प्रतिशत रहेको छ। पुँजीगत तर्फ १२ करोड ५५  लाख  अर्थात कुल बजेटको २५.४३ प्रतिशत रहेको छ ।

सार्वजनिक बजेट बक्तव्य अनुसार बजेट परिपुर्ति स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट १ करोड, संघीय सरकार सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ५६ लाख, संघीय सरकार सशर्त अनुदानबाट २२ करोड २१ लाख  , जसमध्ये समपुरकतर्फबाट १ करोड र विशेषतर्फ १ करोड रहेको छ।

त्यस्तै, संघीय सरकार राजस्व बाँडफाँडबाट ८ करोड ५ लाख ८७ हजार , प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट ९२ लाख २१ हजार, प्रदेश सरकार सशर्त अनुदानबाट २ करोड ७५ लाख ५० हजार जसमध्ये समपुरकतरणफ १ करोड र विशेषतरफ ८० लाख, प्रदेश सरकार राजस्व बाँडफाँडबाट ५ लाख ७ हजार ४२२ र आर्थिक वर्ष २०७८/७९ मा खर्च नभई बचत रहेको १ करोड बजेटबाट बजेट परिपुर्ति गरिने उल्लेख छ ।

बजेटको पूर्णपाठ पढ्न यहाँ क्लिक