राक्सिराङ गाउँपालिकाको बजेट ६२ करोड ३४ लाख

everest kitchen

मकवानपुर । राक्सिराङ गाउँपालिकाले अगामी आर्थिक बर्ष २०७९/८० को आनुमानित बजेट सार्वजनिक गरेको छ । शुक्रबार चैनपुरमा आयोजित गाउँसभाको १२ औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले ६२ करोड ३४ लाख १५ हजार बजेट सार्वजनिक गरेका हुन ।

सो बजेटमध्य ३५ करोड ७५ लाख ७ हजार ५ सय चालु र २६ करोड ५९ लाख ७ हजार ५ सय पुजीँगत तर्फ बिनियोजन गरिएको उपाध्यक्ष थिङले जानकारी दिए । गाउँपालिकालाई केन्द्र सरकारबाट ४३ करोड ५५ लाख १७ हजार र प्रदेश सरकारबाट ९ करोड ५७ लाख ५८ हजार विभिन्न शिर्षकका बजेट प्राप्त भएको उनले बताए । त्यस्तै ९ करोड २१ लाख ४० हजार गाउँपालिकाको आन्तरिक आम्दानी अनुमान गरिएको छ ।

गाउँपालिकाले उपलब्ध बजेटलाई पुर्वाधार निर्माण, कृषि पर्यटन तथा सामाजिक बिकासको क्षेत्रमा लगानी गर्ने निति तथा कार्यक्रम निर्माण गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । अध्यक्ष मल्लले प्रस्तुत गरेको निति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।