गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक

everest kitchen

गायक बिनोद दनुवारको ‘स्वाहा भो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नेपाल लोक स्टार पछिको फरक धारको यो गीत “स्वाहा भो” मा शब्द/लय/परिकल्पना/कथाबस्तु बिनोद दनुवारको आफ्नै रहेको छ।

शहर पुगेसि गाऊ बिर्सने, महलमा बसेसि झुपडि बिर्सने, सुन पाएसि गुन बिर्सने भन्ने कथनलाई दनुवारले यो गीत मार्फत प्रष्टै देखाउन खोजेका छन् ।

गीतको भिडियो बिनोद दनुवार अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । रामकृष्ण थापाको एरेन्ज रहेको गीतको रेकर्डिङ, मिक्सिङ स्टुडियो वेभमा भएको हो । भिडियोलाई निर्देशन/छायाङ्कन/सम्पादन मेघराज मगरातिले गरेका छन् भने मेकअपमा मदन ।

गीतको भिडियो निकै मेहेनतका साथ नै निर्माण गरिएको देखिन्छ । भिडियोमा सन्तोष दनुवार, सुभाष दनुवार र प्रतीक्षा भन्डारिको मुख्य भुमिकाको अभिनयले कथाबस्तु अनुसार निकै आकर्षक प्रदान गरेको छ । आतिथ्य अभिनयमा चन्दु गोर्खाली, उमेश दनुवार र अन्य साथीहरुले नि राम्रै साथ दिएका छन् ।

बिनोद दनुवारले हालसम्म सय भन्दा बढि गीतमा स्वर दिइसकेका छन् भने पचाँस भन्दा बढि नै गीतहरु बजारमा आई सकेको छ । जसमा पुर्बिय लोकलयमा आधारीत गाईघाट बजार, गाईघाट बजार-२, हलेशी बजार, रोैता डाडामा कान्छा कान्छि, भोर्लाको पात “कत जेबई मछली” जस्ता गीतहरु उनका दर्शक श्रोताहरुले राम्रै नै रुचाई नि रहेका छन् र केही दिन अगाडि मात्र पनि “सररर बोलेरो गाडिमा र छिन छिन मै तिम्रो याद” बोलको गीत पनि उनले बिनोद दनुवार अफिसियल युट्युब मार्फत सार्बजनिक गरेका थिए ।

अन्तत “स्वाहा भो” गीतले सबैको मन जित्न सफल होस्, यस गीत संग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतर्फ बाट पनि सफलताको लाखौँ लाख शुभकामना ।

भिडियो