अनेसासको केन्द्रीय उपाध्यक्षमा रेणुका सोलुको उम्मेदवारी

everest kitchen

काठमाडौं । नेपाली साहित्यलाइ बिश्व बजारमा परिचित गराउने उद्देश्य ले सन १९९१ मा गठन गरिएको अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज (अनेसास) को आसन्न निर्वाचनमा नेपालको प्रतिनिधित्व गर्दै रेणुका सोलु नामले परिचित डा. रेणुका बस्नेत थापाले उपाध्यक्ष पदमा दाबेदारीको घोषणा गरेकीछन् ।

अनेसासको नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष, हुंदै केन्द्रीय सदस्यसमेत रहेकी रेणुकाले नेपाली भाषा साहित्यलाई बिश्वबजारमा सहज पहुंच पुर्याउन नेतृत्वदायी भूमिका निभाउनका लागि आफ्नो उम्मेदवारी दिएको बताईन ।

नेपाल प्रज्ञा प्रतिष्ठान र अनेसाससको समन्वयले नेपाली साहित्यकारका उत्कृष्ट कृतिहरुलाइ बिभिन्न भाषामा अनुवाद गर्दै नेपाली साहित्यलाइ बिश्व बजारमा पुर्याउन र ब्यवसस्थित गर्नु नै आफ्नो एकमात्र उद्देश्य रहेकोसमेत उनलेे बताईन ।

अमेरिकामा मुख्यालय रहेको अनेसासको निर्वाचन प्रकृयामा संसार भरी छरिएर रहेका नेपाली लेखक साहित्यकारहरुलाई समेट्दै आएको छ ।