गएको १४ बर्षमा १० हजारबढी नेपालीले विदेशमा ज्यान गुमाए, ८१ खर्बबढीको रेमिट्यान्स

everest kitchen

विपेन उलङगे
काठमाडौं । २०६५/६६ यतादेखि हालसम्म वैदेशिक रोजगारीमा जाने १० अौं हजार नेपालीले विदेशमा ज्यान गुमाएका छन् । बैदेशिक रोजगार बोर्डका अनुसार हालसम्म १० हजार ४८२ जना नेपालीले विदेशमा विभिन्न कारण ज्यान गुमाएका हुन ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले शुक्रबार प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बोर्ड बारे आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै बोर्डका कार्यकारी निर्देश राजन प्रसाद श्रेष्ठले २०६५ साल यता ४५ लाख ८९ हजार १७४ जना नेपालीले श्रमस्वीकृती लिएको बताए ।

निर्देशक श्रेष्ठका अनुसार, २०६५ सालमा बोर्ड गठन भए यताको तथ्यांक हेर्ने हो भने ४५ लाख ८९ हजार १७४ जनाले श्रमस्वीकृती लिएको र ती वैदेशिक रोजगारमा जानेहरुले हालसम्म ८१ खर्ब ११ अर्बको रकम वैधानिक तवरबाट रेमिट्यान्स गरेका छन् । यो देशको कुल ग्राहस्था उत्पादन(जिडीपी)को धन्नै २५ प्रतिशत हो । यद्यपि १० हजारबढीले विदेशमा ज्यान गुमाउनु दुखद भएको उनले बताए ।

भर्चुअलमाध्यमबाट भएको उक्त कार्यक्रमको अबसरमा विभिन्न विषय विज्ञ, श्रमिक, सरोकारवाला, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बोर्ड बारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिए । उनका अनुसार कार्यक्रममा बोर्डको गठन सम्बन्धि निति, बोर्डले दिने सेवा, सेवा लिन आउदा अपाउनुपर्ने आवश्यक प्रक्रिया बारे जानकारी दिईएको थियो ।