यूएईमा अलपत्र नेपालीको उद्धार सहयोगार्थ गोर्खासाँझको तयारी अन्तिम चरणमा

everest kitchen

काठमाडौं । यूएईमा अलपत्र परेका नेपाली हरूको उद्धार कार्यमा सहयोगार्थ साँस्कृतिक कार्यक्रम गोर्खासाँझ तिव्र तयारीको अन्तिम चरणमा रहेको छ । पीडित नेपाली उद्धार सहयोगार्थ उक्त कार्यक्रमको तयारी अन्तिममा रहेको आयोजकले जनाएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा पुगेका नेपालीहरू धेरै नै विभिन्न समस्यामा रहेकोले उनीहरूलाई सहयोग गर्ने उदेश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रम जुलाई १७ तारीख आईतवार अस्टोरिया होटल, याक एण्ड यति एभरेस्ट क्लब, दुबईमा हुने भएको छ । कार्यक्रमलाई दुबईमा रहेका नेपालीहरुले आयोजना गरेको कार्यक्रम संयोजक भिम मल्लले जानकारी दिए ।

कार्यक्रममा नेपाल देखि बहुचर्चित लोक तथा दोहोरी गायिका प्रीति आले,चर्चित मोडल एवं डानसर करिस्मा धकाल,बादल थापा, प्रकाश धुतराज लगायत अन्य थुप्रै स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रमका संयोजक मल्लले बताए ।