रुकुमको त्रिवेणी पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

everest kitchen

रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई जिल्लामै पहिलोपटक पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिका अनुसार गाउँपालिकाका १० ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम बहादुर पुनले जानकारी दिए ।

प्रत्येक स्वास्थ संस्थामा रहेका खोप समन्वय समितिले पालिकाभरीका बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको पुनले बताए ।

त्यस्तै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गणेश कुमार केसीले
हाम्रो जीवनसंग महत्त्वपूर्ण रुपमा खोप जोडिएको बताउदै मानव स्वास्थको प्रमुख आधार खोप रहेको उल्लेख गरे । यस्तै, एक बालकलाई पूर्ण खोप लगाउदा राज्यले २५-३० हजारका दरले ठुलो रकम खर्च गर्ने भएकोले यसलाई सामान्य रुपमा लिन नहुने बताए । ।

पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा कार्यक्रममा गाउँपालिका स्थित सरोकारवाला निकाय, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नेपालमा शिशु जन्मने बित्तिकै बिसिजी लगाईन्छ भने १५ महिना भित्र १३ प्रकारका रोग विरुद्ध खोप सञ्चालन गरिदै आएको छ ।