राक्सिराङ्ग गाउँपालिकाको ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित

everest kitchen

राक्सिराङ्ग । मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाले कुल ६२ करोड ३४ लाख १५ हजारको बजेट पारित गरेको छ । मंगलबार सम्पन्न बाह्रौ गाउँसभाको दोस्रो बैठकमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ्गले प्रस्तुत गरेको सो बजेट सर्वसम्मतिले पारित भएको हो ।

थिङ्गले सार्वजनिक गरेको बजेटमा पुजीगततर्फ २६ करोड ५९ लाख ७ हजार पाँच सय र चालुतर्फ ३५ करोड ७५ लाख ७ हजार पाँच सय विनियोजन गरिएको छ । बजेटले स्थानीय पुर्वाधारका आयोजना, कुषि पशु सहकारी, रोजगारी लगायत क्षेत्रलाई समेटिएको उपाध्यक्ष थिङ्गले जानकारी दिए । त्यसबाहेक सँस्कृति पर्यटन, शिक्षा स्वास्थ्य लगायत क्षेत्रमा पनि पर्याप्त बजेट विनियोजन गरिएको उनको भनाई छ।

गाउँसभाको दोस्रो बैठकमा विनियोजन विधेयक २०७९, न्यायिक समितिको सदस्य मनोनयन, आगामी आर्थिक बर्षको राजस्व तथा व्ययको अनुमान, विधायन समिति र लेखा समितिको गठन र चेपाङ संरक्षित क्षेत्र घोषणा सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ । गाउँपालिका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।