मतदाता नामावली दर्ता अब अनलाइनबाटै

everest kitchen

काठमाडौं । मतदाता नामावली दर्ताका लागि लाइन बस्नुपर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेसँगै नामावली दर्ताका लागि लाइन बस्नुपर्ने बाध्यता हटेको हो ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्न अनलाइनबाट नै फाराम भर्न सकिने व्यवस्था गरिएको जनाएको छ ।

आयोगले ‘वेबबेस्ट भोटर लिस्ट प्रि–रजिस्ट्रेसन सिस्टम’ तयार गरेर काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट सेवा सुरु गरिएको जनाएको छ ।

मतदान गर्नका लागि अनिवार्य रुपमा मतदाता नामावलीमा नाम समावेश हुनुपर्ने व्यवस्था छ । मतदाता नामावलीमा नाम नभएकाहरुले मतदान गर्न पाउने छैनन् ।