हेल्प मधेशी मलेशियाको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

everest kitchen

काठमाडौं । हेल्प मधेशी मलेशियाको प्रथम भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । जुलाई १० आइतबार संस्थाको प्रथम भेटघाट तथा सम्मान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

कार्यक्रमको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । हेल्प मधेशी संस्था मलेशियाका संस्थापक अध्यक्ष दिपक कुमार मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास मलेसियाका द्धितीय सचिव प्रतीक कार्कीको प्रमुख आतिथ्यता रहेको थियोे ।

त्यस्तै, विशिष्ट अध्यक्षमा गैर आवासीय नेपाल संघ मलेसियाका अध्यक्ष बिनोद थापा, अतिथिमा प्रवासी समन्वय समिति मलेसियाका कोर्डिनेटर मछिन्द्र नाथ चापागाईं, जिफन्ट मलेसियाका अध्यक्ष बेद प्रसाद खतिवडा, एनआरएमएको अध्यक्ष मन्सी खङ , कुशवाहा कल्याण समाजको संस्थापक अध्यक्ष गुरुदयाल महतो , नेपाली धानुक समाज सेवा मलेशियाका रामनारायण मण्डल, अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका बिक्रम याक्खा , डब्लूएचओ मलेशियाका कोर्डिनेटर आनन्द कुमार शाह, एनआरएन मलेसियाका वरिष्ठ उपाध्यक्ष हेमराज साबकोटा लगायतको उपस्थिति रहेको थियोे ।

साथै, मलेसियामा सक्रिय पत्रकारहर्ष ईश्वर राई, कृष्णा साह , गायक रोशन मन्डल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमलाई हेल्प मधेसी मलेसियाको वरिष्ठ उपाध्यक्ष सुरेन्द्र महतो र महासचिव बिजय कुमार मण्डलले सञ्चालन गरेका थिए ।