हाम्रो राप्ती एफ एमको औपचारिक उद्घाटन

everest kitchen

भण्डारा । राप्ती नगरपालिकाको पहिलो रेडियो हाम्रो राप्ती एफ एम ८८.५ मेगाहर्जले रेडियोको औपचारिक उद्घाटन गरेको छ । बुधवार एफ एम को प्रांगणमा एक कार्यक्रम आयोजना गरि बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद खनालले एफ एमको उद्घाटन गरेका हुन ।

मन्त्री खनालले हतार नगरी समाचार प्रकाशन गर्न अनुरोध गरे । उनले राप्तीकै पहिलो रेडियो उत्कृष्ट हुदै जाओस भन्दै सफलताको शुभ कामनासमेत दिए । कार्यक्रममा राप्ती नगरपालिका प्रमुख शमशेर लामाले हाम्रो राप्ती एफ एमले सामुदायिक गतिविधिलाइ प्राथमिकतामा राखेर कार्यक्रम तयार पारेको भन्दै खुशि व्यक्त गरेका थिए । अवका दिनमा एफ एमले कुनै सामुदायिक काममा प्रस्ताव गरेमा संगै अगाडी बढेर जाने उहाले बताए।

नगरमा रहेका सञ्चार माध्यमको संरक्षण र सहकार्यको लागी नगर सदैव सकरात्मक रहेको उहाले बताए । कार्यक्रममा राप्ती नगरपालिकाका वडा नं ५ का वडाध्यक्ष सिताराम वलले आफ्नै वडामा रहेको सञ्चार माध्यमले सहि सुचना र सहि गतिविधि प्रसारण गर्नुपर्ने बताए । उनले राप्तीका सवै मिडिया वडा नं ५ मा रहेको भन्दै यसको व्यवस्थापनको लागी वडा पनि सक्रिय हुनेसमेत बताए ।

कार्यक्रममा नेकपा एमाले राप्ती नगर कमिटीका अध्यक्ष पुर्ण बहादुर थापाले सञ्चार माध्यमको भुमिका निकै महत्वपुर्ण हुने र यसको लागी हाम्रो राप्ती एफ एमले पुलको काम गर्नुपर्ने बताए । थापाले अहिले समस्याको बिषयमा प्रमुख अतिथि खनाल र नगर प्रमुख लामालाइ ध्यानकर्षण गरेका थिए । नेपाली काग्रेसका नगर प्रवक्ता सुदिप ओलीले एफ एमले सवैको मन जितेर अगाडी बढोस भन्दै शुभकामना दिए।

माओवादी केन्द्र नगर कमिटीका अध्यक्ष रामचन्द्र पाठकले समावेशी सञ्चारको रुपमा अगाडी बढ्न सुझाव दिए । कार्यक्रममा एकिकृत समाजवादी नगरका वरिष्ठ उपाध्यक्ष कुवेरसि. लामाले राप्तीको पहाडी क्षेत्रमा सञ्चारको माध्यम वाट सुशोचित हुने भन्दै रेडियोले सकरात्मक भुमिका खेल्नुपर्ने बताए । कार्यक्रममा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कडेलले नगरको व्यवसायिक विकासमा समेत एफ एमले महत्वपुर्णभुमिका खेलेको बताए ।

कार्यक्रममा कार्यपालकिा सदस्य गोमा देवी धरेल, वडा सदस्य मदन बटौला , चुडामणी बतौला, वडा ५ का मेलमिलाप केन्द्रका संयोजक खिलकान्त रुवाली, इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख कुमार गुरुङ्ग, भण्डारा बजार युवा समाजका उपाध्यक्ष अनिल अधिकारी, भण्डारा बजार टोल विकास समितीका अध्यक्ष हरिबहादुर श्रेष्ठ, विभिन्न सञ्चार माध्यमका प्रतिनिधि लगायतकाको उपस्थिती रहेको थियो ।

कार्यक्रम एफ एमका निर्देशक पुर्णबहादुर मगरले सञ्चालन गरेका थिए भने एफ एमकि अध्यक्ष सुभद्रा आले मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । एफएमले असोज ७ गते वाट १३ गते सम्म सप्ताहव्यापि बार्षिक उत्सव कार्यक्रम गर्ने भएको छ ।