प्रवासी श्रमिकको लागि पेट तथा कलेजो रोग सम्बन्धि स्वास्थ्य सचेतना कार्यक्रम हुने

everest kitchen

काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले आगामी साउन १ गते अथार्त जुलाई १७ मा प्रवासी श्रमिक समस्या निदान बारे स्वास्थ्य सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्न लागेको छ । यो संस्थाद्धारा आयोजित कार्यक्रमको सातौ श्रृङखला हो ।

कार्यक्रममा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित भएर जनचेतनामुलक कार्यक्रम हुने बताएको छ । आगामी सातौं श्रृङखलामा पेट तथा कलेजो सम्बन्धि विभिन्न प्रकारका समस्याहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धि जानकारी दिने कार्यक्रम रहेको पीएनसीसीको आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा वीर अस्पताल तथा नर्भिक अस्पतालमा कार्यरत जनरल फिजिसियन तथा कलेजो रोग विशेषज्ञ डाक्टर पुकार थापाले प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यसम्बन्धी परामर्श दिनेछन् । कार्यक्रममा सहभागी हुन चाहनेले सजिलै जुमको भर्चुअलमाध्यमबाट कार्यक्रम सहभागी हुन सक्नेछन् ।

पीएनसीसीले यसअघि पनि निरन्तर रुपमा स्वास्थ्य सचेतनाको लागि प्रवासीसंग डाक्टर नामक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यक्रमको निरन्तरता अनुरुप स्वास्थ्यसम्बन्धि जनचेतनामुलक कार्यक्रमको सातौं श्रृङखला आउँदो आईतवार हुने भएको हो ।

कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।