योगदान रास्ट्रका लागि कैलालीको प्रथम साधारणसभा सम्पन्न, नयाँ नेतृत्व चयन

everest kitchen

धनगढी । योगदान राष्ट्रको लागि नामक संस्थाको कैलाली जिल्ला प्रथम साधारणसभा सम्पन्न भएको छ । कैलालीको बौनियामा सम्पन्न उक्त साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गरेको छ ।

“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुलनारा रहेको उक्त सस्थाको अध्यक्षमा तारामान कुवर ,उपाध्यक्षमा मिलन मल्ल, सचिवमा डम्मर बुढा,सह-सचीवमा जयकृष्ण बुढा,कोषअध्यक्षमा पार्वती जोशी र प्रबक्तामा बिजयरज जोशीरहेका छन् ।

त्यस्तै,सदस्यहरुमा रमेश भण्डारी, सुधिर चन्द , झलक रावल ,धिरज भाट , हेमन्त भण्डारी , दिपेन्द्र अधिकारी,सुनिल कठायत,तर्क साउद, गिरिजा प्र पनेरु, पुष्कर अबस्थी , दिलिप ढुङ्गाना, तपेन्द्र ढुङ्गाना रहेका छन् भने संस्थाको प्रमुख सल्लाहकारमा शैलेन्द्र ब सिंह र सल्लाहकारमा सुनिल भण्डारी चयन भएका हुन ।

शुनिल भण्डारिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथितीमा , योगदान रास्ट्रका लागि बझाङका अध्यक्ष शैलेन्द्र ब. सिंह रहेका थिए ।

संस्थाले दैबिक प्रकोप लगायत स्वास्थ सङ्ग सम्बन्धित कुराहरुमा सहयोग गर्दै आयको र भाबी दिनहरुमा पनि यस्ता कार्यलाई निरन्तरता दिइरहने संस्थाका उपाध्यक्ष मिलन मल्लले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती शैलेन्द्र ब सिंहले नबनिर्बाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिदै जुझारु टिम बनेको र उदाहरणिय काम गर्नेमा विश्वस्त रहेको बताए ।