कियाचु मलेसियाले सिसेक्पा तङनाम मनायो

everest kitchen

किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसिया शाखाले सिसेक्पा तङनाम मनाएको छ ।
लिम्बुहरुको चाडको रुपमा हरेक साउने संक्रान्तिमा मनाउने गरिएको सिसेक्पा तङनाम यसपाली पनि बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतकाको उपस्थितिमा यहि जुलाई १६ तारिखका दिन मनाइएको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष बिपीन राई, नेपाल ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र नारायण लिम्बु, किरात राई यायोक्खाका प्रतिनिधि इश्वर राई, नेपाल मगर संघका प्रतिनिधि सुन्दर आले लगायतले शूभकामना मन्तव्य ब्यक्त गरेका थिए भने किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसियाका कोषाध्यक्ष सन्तोष इजमले धन्यवाद मन्तब्य दिएका थिए ।
कार्यक्रममा किराती परम्परागत खानपिनको ब्यवस्था हुनुका साथै लिम्बु सांस्कृतिक नृत्य पालाम पनि प्रस्तुत गरिएको थियो ।