शैलेन्द्र सिंहको अध्यक्षतामा “योगदान रास्ट्रका लागि” बझाङ कार्यसमिति गठन

everest kitchen

समीर मल्ल
बझाङ । बझाङमा पनि “योगदान रास्ट्रका लागि” बझाङ शाखाको प्रथम साधारणसभा सम्पन्न भएको छ । सभाले अध्यक्षमा शैलेन्द्र बहादुर सिंह सर्बसम्मत अध्यक्षमा चयन गरेको छ ।

गत शनिबार आयोजित बझाङ जिल्ला अन्तरगत केदारस्यु- ४ बागथलामा प्रथम साधारणसभा तथा सदस्यता बितरण कार्यक्रमले सिंहलाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र नाथ “बियोगी ” चयन हुदा सचिबमा गणेश बहादुर मल्ल , सह-सचिबमा कपिल बिस्ट , कोषअध्यक्षमा, रमिता सिंह , र प्रबक्तामा धुर्ब कुवर चयन भयका छन भने समितिका सदस्यहरु अर्बिन्द्र धामी , अमरराज बिस्ट, पवन बोहरा, हिक्मत धामी ,सम्बोध मल्ल, अनिता जोशी, उमेश बहादुर रोकाया,राम बहादुर रावल , नर बहादुर रोकाया,सुदिप धामी, गौरी अधिकारी ,गजेन्द्र बहादुर शाही,बिनोद बहादुर मल्ल, सुना कुवर, बिकाश मल्ल, सुचना बि कसहित २१ सदस्यीय जिल्ला कार्यसमिती चयन गरिएको बताएको छ ।

त्यस्तै, सल्लाहकारमा उत्तम बहादुर मल्ल,गगन बहादुर बिष्ट , साजेन कुमार मल्ल(अशोक) ,केशबराज भट्ट,जनक बहादुर सिंह, धनसिंह ठगुन्ना, एल बि ठकुरी र सन्तोष मल्ल रहेका छन

एल बि ठकुरिको सभापतित्वमा सप्पन्न उक्त कार्यक्रम श्री शिक्षोदय माध्यामिक बिधालयमा आयोजना गरिएको थियो भने प्रमुख अथितिमा साजेन कुमार मल्ल रहेका थिए ।

कार्यक्रमा सस्थाका नबनिर्बाचित अध्यक्ष शैलेन्द्र बहादुर सिंहले स्वास्थ क्षेत्रमा प्राथमिक उपचार सम्बन्धी कार्य गर्ने, दैबिक प्रकोपमा सहजीकरण गर्ने, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्थरको एम्बुलेन्स सेवा प्रदान गर्ने सस्थाको उदेश्य रहेको बताए ।

संस्था बिशुद्ध सेवामुखी सस्था भएकोले सबैसङ्ग समन्वय गरेर अगाडि बढ्ने र एक घर एक प्राथमिक उपचारक बनाउने सस्थाको लक्ष्य रहेको समाजका सचिब गणेश बहादुर मल्लले जानकारी दिए ।