भारतमा पहिलोपटक आदिवासी जनजाति महिला राष्ट्रपतिमा निर्वाचित

everest kitchen

एजेन्सी । भारतमा आदिवासी जनजाति महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् । बिहीबार राति सम्पन्न मतगणनाअनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट प्राप्त भएको छ भने पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा २ लाख ६१ हजार ६२ भोट प्राप्त भएको छ ।

मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । ओडिशाकी मुर्मू यसअघि झारखण्डको गभर्नर भइसकेकी छन् । मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनीयताको सपथ लिनेछिन् ।