श्रमजीवी पत्रकारको हकहितका लागि सरकार सदैव लागिपर्छ : प्रधानमन्त्री देउवा

everest kitchen

मकवानपुर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रेस युनियन नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको शुक्रबार हेटौँडामा उद्घाटन गर्दै उहाँले संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै मानव अधिकारको प्रत्याभूति गर्न सरकार दृढ रहेको बताए ।

‘आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रमले जनतालाई आर्थिक समृद्धितर्फ डोर्‍याउँछ,’ देउवाले भने । उनले सञ्चारकर्मीले पनि देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठ समाचारलाई जनतासामु सम्प्रेषण गर्ने बानीब्यहोरालाई आत्मसात् गर्नसके मात्र प्रजातन्त्रको सुदृढीकरणमा बल मिल्ने बताए ।

‘मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्वर्द्धन गर्न नेपाल प्रेस युनियनको भूमिका अपरिहार्य हुन्छ,’ प्रधानमन्त्री देउवाले भने । नागरिकता सुलभ ढङ्गबाट उपलब्ध गराउन सरकारले अहिले प्रतिनिधिसभामा नागरिकतासम्बन्धी नयाँ विधेयक दर्ता गरेको पनि उनले जानकारी दिए ।