सुदूरपश्चिमेली समाज र पुष्पान्जली क्लब मलेसियाको दुई पीडित परिवारलाई आर्थिक सहयोग

everest kitchen

दिनेश खड्का’खप्तडी’
मलेसिया। सुदूरपश्चिमेली नेपाली समाज मलेसिया, क्षेत्रिय समिति पेनाङ र पुष्पान्जली युवा क्लब मलेसियाले सयुक्त रुपमा आर्थिक रकम संकलन गरि स्व रन्चुला साउँदकी छोरी लाई र ब्रेन हेमरेज पिडित पुजा भट्ट लाई हस्तान्तरण गरेको छ ।

बेदकोट नगरपालिका ६ मुसे पानी घर भएकी स्व:रन्चुला साउँदको परिवारलाई नेपाली रु ८ हजार र बेदकोट नगरपालिका वडा नं ७ दिपकराज भट्ट कि छोरीको उपचारको लागि १० हजार आर्थिक सहयोग गरेको हो।

स्व:रन्चुला साउँद लाई कसैले ह,त्या गरेको थियो भने उन का श्रीमानको केहि बर्ष अगाडी मृत्यु भईसकेको थियो ।घरमा दुई छोरीहरु रहेका छन् । आर्थिक रुपमा समस्या खेप्दै आएकी छोरी हरुलाई सुदूरपश्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङ र पुष्पाञ्जलि युवा क्लब मलेसियाले सयुक्त रुपमा रकम संकलन गरी आर्थिक सहयोग गरेको छ ।

यसैगरी बेदकोट नगरपालिका ७ बस्ने दिपक भट्ट कि छोरी दुई बर्ष देखि ब्रेन हेमरेज रोगबाट पीडित छिन । उनका वुवा दिपक भट्टका अनुसार उपचार गर्दा गर्दै भएको पैसा सकिए पछि र घरको अवस्था पनि आर्थिक रुपमा कमजोरी भएको कारण सहयोग को लागी आग्रह गरे पछि सयुक्त रुपमा नेपाली रु १० हजार आर्थिक सहयोग गरेको हो । छोरीको उपचारमा करिब ३० लाख भन्दा धेरै खर्च भईसकेको छ ।

उक्त रकम सुदूरपश्चिमेली नेपाली समाज पेनाङ क्षेत्रिय समिति का पुर्व वरिष्ठ उपाध्यक्ष दिपक राज जोशीले भट्ट र साउँदका परिवारलाई हस्तान्तरण गरेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया क्षेत्रिय समिति पेनाङका महासचिव प्रकाश कार्किले बताए ‌।