टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता

everest kitchen

सल्यान । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा एक जना बेपत्ता भएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका –६ बस्ने अन्दाजी ३७ वर्षीय बेद बहादुर बस्नेत बेपत्ता भएका हुन ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार बेपत्ता भएका बस्नेत ‘मंगलबार दिउँसो साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए ।

बेपत्ता बस्नेतको अहिलेसम्म कुनै अत्तोपत्तो नभएको र प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ । गोताखोरको टोली नभएकाले तालभित्र खोज्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।