मुटुरोग पीडित बालिकालाई १ लाख २० हजार आर्थिक सहयोग

everest kitchen

पोखरा । माछापुच्छ्रे गापा लाहाचोक निवासी मुटु रोग पिडित बालिका रितिका सुनारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । विदेश तथा स्वदेशबाट उठेको रकम पहिलो चरणको सहयोग रकम स्वरुप पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो ।

कास्की आर्दश समाज युएईबाट १ लाख, भुपु लाहाचोक कतार समाजबाट १० हजार १०५, सीबीआरसी लाहाचाेक अपांग संघबाट ५ हजार, कृस अधिकारी बाट ५ हजार गरि जम्मा १ लाख २० हजार १०५ रकम हस्तान्तरण गरिएको छ । कास्की आदर्श सेवा समाज दुबईको प्रतिनिधित्व गर्दै पुस्पराज अधिकारीलेसो रकम सङ्कलन गरि पठाएका हुन् ।

यसैगरी रितिका सुनार बचाउ अभियानमा अगुवाइ गरेका वैदेशिक रोजगार मञ्च लाहाचोकका सह कोषाध्यक्ष एवं व्यवस्थापन सहयोगी सुशील श्रेष्ठले आफुले सङ्कलन गरेको रकम आउँदो भदौ ५ गते हस्तान्तरण गरिने बताए। उनले हाल सम्म सबै जोड्दा पौने चार लाख रकम सङ्कलन भएको र केहि रकम उठ्न बाँकी रहेको हुनाले ढिलाई हुन गएको पनि जानकारी गराए।

पारिवारिक सहयोगी प्रेम सुनारले आधिकारिक रुपले जानकारी गराएपछि सामाजिक सञ्जाल मार्फत हामी सक्रीय भएका हौँ । अभियानका सक्रिय सहयोगी सुन्दर हमालले थप जानकारी दिए। रकम हस्तान्तरण कार्यक्रममा लाहाचोकका वडाध्यक्ष मधुसुदन अधिकारीको विशेष उपस्थिति रहेको थियो।