अस्तित्व – श्यामप्रसाद श्रेष्ठ

everest kitchen

लघुकथा-अस्तित्व

श्यामप्रसाद श्रेष्ठ
कुनै ठाउँमा पानीको एउटा सानो कुवा थियो। कुवाको दायाँ बायाँ संधियारहरु दुई ठुलठुला सागरहरु थिए ।एकदिन कुवालाई सागर जस्तै ठुलो हुने इच्छा जाग्यो ।

उसले दक्षिणतिरको सागरसंग प्रस्ताव राख्यो , “ हामी ढाक्ने खेल खेलौँ । तिमी भन्दा म धेरे सानो छु । एकदिनमा सागरको जति ठाउँ ओगटन म सक्छु , त्यो मलाई दिनु पर्छ । अनि जति तिमीले ढाक्न सक्छौ , त्यो तिम्रो हुनेछ । ´´

दुबैको सहमती पछि खेल सुरू भयो । कुवाको पानीले सागर ढाक्ने पहिलो अवसर पायो ।कुवाले सागरको बिशाल क्षेत्र ढाक्नेछु भन्ने सोचेर सागरमा पस्यो । कुवाको पानी त सागरमा बिलिन भयो।निराश भएर कुवाको पानी फर्क्यो।अब पालो सागरको थियो।सागरको केही मात्र पानी कुवामा हामफालेको थियो।जताततै सागरको पानीले ढाकेर कुवाको अस्तित्व सदाको लागि मेटाइदियो।