नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

everest kitchen

काठमाडौं । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम अगरबत्ती निर्यात भएको हो ।

नेपालबाट विश्वका ५० वटा देशमा अगरबत्ती निर्यात हुने गरेको पाइएको छ । जसमध्ये, अष्ट्रेलिया, अष्ट्रिया, भुटान, भारत, दक्षिण कोरिया, मलेसिया, थाइल्याण्ड, टर्की, अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स, युरोपियन मुलुक लगायतमा समेत निर्यात हुने गरेको छ ।