विप्लव समुहका नेताहरू पक्राउ पूर्जी: ‘क्रान्तिकारी’लाई तर्साउने मनसाय हुन सक्ने-ओली

everest kitchen

काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव चन्द, प्रवक्ता विश्वकर्मा, केन्द्रीय सदस्यहरू सुरेश रानामगर, भरतबहादुर बम, टेकबहादुर केसी, पदम राई, उदयबहादुर चलाउनेले ३५ दिन भित्र अदालतमा हाजिर हुनुपर्नेछ । उनीहरू विरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्दा छ ।

सो पार्टीबाट अलग भएका एक जना सचिवालय सदस्य नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ले अदालतले पुर्जी काट्नुको कारण आफूले बुझ्न नसकेको बताएका छन् । उनले ‘क्रान्तिकारी’लाई तर्साउने वा अदालतमा हाजिर गराएर छाड्न सक्ने अनुमान गरे ।

सरकारसँग भएका तीन बुँदे सहमतिमा मुद्दा लागेकाहरुलाई छाड्ने उल्लेख भएको बताउँदै उनले भने, ‘अहिले जुन वारेन्ट जारी भएको छ, त्यो के हो भन्ने कुरा हामीलाई बुझ्न गाह्रो भएको छ ।’