थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न, रिक्त पदपूर्ति

everest kitchen

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ। गएको शनिबारको दिन काठमाडौंमा बसेको संघको केन्द्रिय बैठकले आफ्ना रिक्त रहेका पदपूर्ति समेत पूरा गरेको छ ।

बैठकले संघको केन्द्रिय सदस्यमा बाँके जिल्ला निवासी शम्भु चौधरी र कंचनपुरका चन्द्रिका चौधरीलाई मनोनीत गरेको छ।त्यस्तै सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रेम चौधरी , कर्णाली प्रदेश उपाध्यक्षमा जीत नारायण थनेतलाई मनोनीत गरेको छ ।

त्यस्तै संघको सोही बैठकले बिगत कैयौं बर्षदेखि वैदेशिक रोजगारीको निम्ति मलेसियामै बसोबास गरि पत्रकारिता गर्दै आईरहेका आरएन चौधरी थारुको संयोजकत्वमा १२ सदस्यीय प्रवास समन्वय् समिति पनि गठन गरिएको छ।

प्रवास समन्वय् समितिको संयोजकमा आरएन चौधरी थारुसंगै सदस्यहरुमा क्रमशः साइप्रसबाट सरिता चौधरी , युएई (दुबई) बाट कमल चौधरी , अस्ट्रेलियाबाट अरुण आर्यन चौधरी , पोल्यान्डबाट शिवधर महत्तो , पवन चौधरी , कुवेतबाट बुद्धि चौधरी , कोरियाबाट दीपक चौधरी , जितेन्द्र चौधरी , अमेरिकाबाट लोकेन्द्र चौधरी , मनोज महत्तो , र पोर्तुगलबाट मुना चौधरी रहेको संघका केन्द्रिय कोषाध्यक्ष कारी महतोले जानकारी दिए ।

त्यस्तै संघले आफ्नो ६ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। जसमा निवर्तमान अध्यक्ष सन्तोष दहित , संघका पुर्व अध्यक्षहरु क्रमशः लक्की चौधरी , कृष्णराज सर्वहारी र मदन चौधरी रहेका छ्न। त्यस्तै संघको कानुनी सल्लाहकारका रुपमा ठाकुर सिंह थारु , श्रवणकुमार चौधरी रहेको जनाएको छ।

साथै संघको बैठकले कोषाध्यक्ष कारी महतोले तयार गरेको चारवटा कार्यविधि आँशिक संसोधनसहित पारित गरेको छ। जसको कार्यविधिमा बैठक कार्यसञ्चालन, फुलरिया म्याग्जिन प्रकाशन , पुरस्कार बितरण र ओएसीस पत्रकारिता पुरस्कारसम्बन्धी कार्यविधि रहेको छ, भने संघले आगामी दिनमा आफ्नो अनलाइन न्युज पोर्टल समेत चलाउने निर्णयहरु पारित गरि बैठक सम्पन्न भएको कोषाध्यक्ष कारी महतोले जानकारी दिए ।