त्रिवेणीमा सबै वडामा स्वास्थ्य संस्था: त्रिवेणी-६ आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिदै

everest kitchen
त्रिवेणी गाउँपालिका रुकुम (पश्चिम )

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका दसवटै वडाहरुमा स्वास्थ्य संस्था रहने भएका छन् । एउटापनि स्वास्थ्य संस्था नभएको त्रिवेणी -६ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गरिने भएको हो ।

सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले त्रिवेणी -६ मा आधारभूत स्वास्थ्य सेवाकेन्द्र स्थापना गर्ने निर्णय गरेको छ । एक वडा एक स्वास्थ्य संस्थाको निति अनुसार स्वास्थ्य संस्था नभएको त्रिवेणी -६ मा स्वास्थ्य संस्था स्थापना गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसी “हिमाल”ले जानकारी दिए ।

त्रिवेणीमा हालसम्म ४ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ वटा स्वास्थ्यचौकी र २ वटा सामुदायिक स्वास्थ्य ईकाई रहेका छन् ।

त्यस्तै, गाउँकार्यापालिकाको बैठकले गाउँपालिका अध्यक्षको नेतृत्वमा चार सदस्य स्वास्थ समितिसमेत गठन गरेको गाउँपालिका प्रवक्ता सुन्दर वलीले जानकारी दिए । (सम्पादन गरिएको )