म्याग्दीमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, दुई बेपत्ता

everest kitchen

म्यादी । अविरल वर्षाका कारण गए राती आएको पहिरोमा परी म्याग्दीको मालिका गाउँपालिका–२ रुम गाउँमा तीनवटा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता रहेका छन् ।

प्रहरी नायब उपरीक्षक तिलक भारतीले सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता अझै रहेको र स्थानीयवासीले उनीहरुको खोजी जारी राखेका छन् ।