स्रोत नखुलेको लाखौं नगद सहित पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौं महानगरपालिका-६ तिनचुली बगला मार्ग बस्ने गोरखा चुम नुब्री गाउँपालिका-१ घर भएका २४ वर्षीय धावा घ्याल्चेनलाई स्रोत नखुलेको नगद ४९ लाख ५० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ भूकुटी चोकबाट बा.९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार घ्याल्चेनलाई स्रोत नखुलेको नगद ३२ लाख ५० रूपैयाँ सहित फेला पारी प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको डेरा कोठाबाट थप १७ लाख ५० हजार रूपैयाँ फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।