विदेशबाट आउनेले अब सीसीएासी फारम भर्न नपर्ने

everest kitchen

काठमाडौं । विदेशबाट नेपाल आउँदा यात्रुले अब सीसीएमसी फारम भर्नु नपर्ने भएको छ । गृह मन्त्रालयले १२ साउनमा अध्यागमन विभागलाई पत्राचार गरेको पत्रअनुसार अबदेखि फारम भर्न नपर्ने जानकारी दिईएको छ ।

विभागका निर्देशक अन्जन न्यौपानेका अनुसार यसअघि अध्यागमन विभागले २ चैत २०७८ मा जारी गरेको सूचनाको बुँदा नम्बर ५ मा उल्लेख यो प्रावधानबाहेक अन्य नियम भने यथावत कायम राखिएको छ ।

विभागका अनुसार कोभिड-१९ खोप लगाएको प्रमाण पेश गर्नुपर्ने नियम यथावत राखिएको छ भने खोप नलाएका यात्रुले ७२ घण्टा भित्रको पीसीआर नेगेटिभ आएको प्रमाणपत्रसमेत पेश भने गर्नु पर्नेछ ।