तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित पत्रकारिता तालिम नगरकोटमा सुरु

everest kitchen

नगरकोट । तामाङ पत्रकार संघ भक्तपुरद्वारा आयोजित तीन दिने पत्रकारिता तालिम नगरकोट स्थिन होटल साकुरा दरबारमा सुरु भएको छ।

उक्त कार्यक्रम अयोजक संस्था तामाङ पत्रकार संघका अध्यक्ष सुदिन लामा दोङको सभापतित्व र नेपाल तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडि मोक्तान प्रमुख आतिथ्यमा सम-उद्घाटन भएको थियो।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको रूपमा तामाङ पत्रका संघका केन्द्रिय सदस्य मिलन लामा दोङ,तामाङ चलचित्र क्षेत्रका नायक टुल्साङ दोङ लगायतको अतिथिहरुको उपस्थिति रहेको थियो।

उक्त तालिम पत्रकारीता जगतमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले आयोजित तीन दिवसीय उद्घोषण ब्याक्तित्व बिकास,छापा त अन्लाईन पत्रकारिता तालिम २८ औं तामाङ प्रसारण दिवसको उपलक्ष्यमा “व्यावसायिक पत्रकारिताआजको आवश्यकता,तामाङ पत्रकार संघ भक्तपुरको प्रतिबद्धता भन्ने मुल उदेश्यको साथ आयोजन गरिएको हो। तालिन श्रवण २० गते बाट २२ गते सम्म संचालन हुने छ ।

कार्यक्रममा संघको केन्द्रिय सदस्य मिलन दोङले पत्रकार बने पछि आफ्नो पहिचान आफैले गर्न सक्नु पर्ने र पत्रकारीता गर्न अहिलेको अबस्थामा कठिनाई रहेकोले प्रशिक्षणबाट सिकेको ज्ञानलाई आत्मा साथ गर्दै काम गरे पत्रकारिता सफल हुने बताएको छ ।

प्रमुख अतिथि मोक्तानले लोकतन्त्र गणतन्त्र पछि तामाङ समुदायमा शिक्षितको संख्या उल्लेखनीय वृद्धि भएको बताएको छ भने आफुले गरेको काम बाट जिबिका पार्जन गर्न सक्नु पर्ने बताएको छ।