शिव बहादुर ऐडिको संयोजकत्वमा बुङ्गल सेवा समाज कंचनपुर सम्पर्क समिती गठन

everest kitchen

समीर मल्ल
कंचनपुर । बुङ्गल सेवा समाजले कंचनपुर सम्पर्क समिती गठन गरिएको छ । शनिबार बुङ्गल सेवा समाजको आयोजनामा महेन्द्रनगर स्थित पन्चदेव सहकारी सस्थाको सभाहलमा पुर्खेउली घर बझाङ्ग बुङ्गल भै हाल कंचनपुरमा बसोबास गर्ने विभिन्न पेशामा आबद्ध समाजसेवी, बुद्धिजीवी, कर्मचारीहरुको उपस्थितिमा समिति गठन गरिएको हो ।

बुङ्गल सेवा समाजका उपाध्यक्ष शैलेन्द्र बहादुर सिंहको अध्यक्षता तथा मङ्गल बहादुर सिंहको प्रमुख आथित्यमा आयोजित भेटघाट तथा समाज बिस्तार कार्यक्रमले बुङ्गल सेवा समाजका सदस्य शिव बहादुर ऐडिको संयोजकत्वमा ७ सदस्यीय कंचनपुर सम्पर्क समिती र मङ्गल बहादुर सिंह को संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन गरियको हो

कार्यक्रमका प्रमुख अथिती मङ्गल बहादुर सिंहले प्राकृतिक स्रोतले भरिपुर्ण पर्यटन बिकासको सम्भावना बोकेको बुङ्गललाई कसरी समृद्ध गर्ने शिक्षा, स्वास्थ , सन्चार,र यातायातलाई कसरी भरपर्दो र गुणस्तरीय बनाउन आआफ्नो ठाउँमा सबैले समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।