रुकुममा अरिङ्गालको टोकाइबाट एक युवाको निधन

everest kitchen

रुकुम । रुकुम पश्चिमको त्रिवेणीमा एकजनाको अरिङ्गालले टोकेर निधन भएको छ । अरिङ्गालले टोकेर घाइते भएका त्रिवेणी -१ का ४० वर्षीय सुवर्ण सुनारको निधन भएको हो ।

शुक्रबार सांझ साथीहरूसंग अरिङ्गाल पोल्न गएका उनलाई दर्जनौं अरिङ्गालले टोकेपछि उनी बिरामी परेको परिवारले जनाएको छ । बिरामी सुवर्णको स्थानीय एक मेडिकलमा उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लिने क्रममा सल्यानो श्रीनगर नजिकै मृत्यु भएको उनका साथि बिनोद ओलीले जानकारी दिए ।

ओली अनुसार बाटोमा बोलिरहेका उनको एक्कासी श्वासप्रश्वास रोकिएपछि सल्यानको श्रीनगर स्थित कान्तिपुर अस्पतालमा जाँच गराउदा त्यहाँका डाक्टरले मृत घोषणा गरेका थिए ।

उनको शवलाई त्रिवेणीको सिम्रुतु बजारमा रहेको एक हलमा राखिएको छ भने भोलिमात्रै उनको अन्तिम संस्कार गर्ने तयारी रहेको त्रिवेणी-१ का वडाअध्यक्ष सुन्दर ओलीले जानकारी दिए ।

त्रिवेणी गाउँपालिका अन्तर्गत राजश्व संकलन केन्द्र झुल्नेटामा कार्यरत उनी त्रिवेणी खेलकुद विकास समितिका सचिव समेत रहेका थिए । उनको परिवारमा ३ छोरा १ छोरी र दुई श्रीमतीहरु रहेको बताएको छ ।

उनको निधन प्रति त्रिवेणी गाउँपालिका रुकुम पश्चिमले एक शोक वक्तव्य जारी गर्दै साउन २३ गते गाउँपालिका भरि विदा गरिनेसमेत उल्लेख गरेको छ ।