मृगौला पीडित खडकलाई सुदूरपश्चिमेली समाज मलेसियाको आर्थिक सहयोग

everest kitchen

कैलाली। दुबै मृगौला फेल भई काठमाडौं स्थित शिक्षण अस्पतालमा नियमित डायलासिस गराईरहेका खडक बोहराको उपचारमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।

डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० भित्रिसालका बोहराको उपचार गर्नको लागि सुदूरपश्चिमेली नेपाली समाज मलेसिया का महासचिव राज बहादुर साउँद र केन्द्रीय सदस्य नरेश बोहराको सक्रियतामा ८५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका महासचिव तथा जोहोरबारु क्षेत्रिय समिति संरक्षक राज बहादुर साउँदले उक्त रकम अस्पतालमा उपस्थिति भएर विरामिको स्वास्थ्य अवस्था बुझ्दै मृगौला पिडित बुवा बिरपल बोहरा लाई हस्तान्तरण गरिएको छ ।

बोहरालाई उनका बुवा बिरपल र श्रीमतीले मृगौला दिने भएता पनि शल्यक्रिया गर्न मात्र ९ देखि १२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले बताएका छन्। मृगौला प्रत्यारोपणका लागि भने अँझै ५/६ महिना कुर्न चिकित्सकहरुले सुझाव दिएको पिडीत बोहराले बताए।

मृगौला पिडित खडक बोहरा बचाउ अभियान मा जोडिएर सहयोग गर्ने सहयोगी दाताहरुलाई सुदूरपश्चिमेली नेपाली समाज मलेसिया ले आफ्नो आधिकारिक पेज मार्फत धन्यवाद ज्ञापन गरेको छ ।