नेपाल मगर संघ मकवानपुरको अध्यक्षमा तुम्सिङ

everest kitchen

हेटौंडा । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित भएका छन् ।

संघको श्रावण २७ गते क्लब हेटौंडामा भएको १३ औँ जिल्ला अधिवेशनवाट सन्देश तुम्सिङमगरको अध्यक्षतामा १६ सदस्यीय कमिटि चयन भएको हो ।

त्यसैगरी उपाध्यक्षमा उर्मिला राना मगर, सचिबमा महेन्द्र राना मगर, सहसचिवमा भूपेद्र राना र कोषाध्यक्षमा डेमिज थापा मगर मगर चयन भएको हो । संघको विधान अनुसार २५ सदस्यीय समिति हुनेछन् । बाँकी सदस्यहरु मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष तुम्सिङले बताए ।

राति अवेर सम्म पनी सहमति हुन नसकेपछी उपाध्यक्ष, सचिब र सहसचिव पदको निर्वाचन भएको थियो । जम्मा मतदाता संख्या ४५ मध्ये ३३ मत खसेको थियो । उपाध्यक्षमा उर्मिला रानाको २१ भोट प्राप्त गरि बिजयी भएको थियो भने प्रतिद्वन्द्वीहरु होमबहादुर थापाले ४ मत र आशिष अस्लामीले ८ मत प्राप्त गरेको थियो ।

त्यस्तै, सचिब पदको उमेदवारमा महेन्द्र रानामगरले १३ भोट प्राप्त गरि बिजयी भएको थियो भने निकटतम प्रतिद्वन्द्वी सन्तोष रानामगरले १२ भोट र अर्का प्रतिद्वन्दी अशोक ग्यालनमगरले ५ मत प्राप्त गरेका थिए । त्यसैगरि सह-सचिवमा भुपेन्द्र रानामगरले १९ मत प्राप्त गरेको थियो भने निकटतम प्रतिद्वन्द्वी मनोज पुलामीले ११ मत प्राप्त गरेका थिए ।