मलेसियामा तिज विशेष कार्यक्रम हुने

everest kitchen

दिनेश खड्का’खप्तडी’
मलेसिया। गैरे आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिलाहरुको चाड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

यहि अगष्ट २० तारिख स्थानिय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनएले आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गर्न लागेको हो ।

नेपाली रितिरिवाज चाडपर्वको जगेर्ना गर्नु को साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसियाका महासचिव रन्जित क्षेत्रिले जानकारी दिए ।

आफ्नो जन्मभूमि छोडि मलेसियामा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनीहरुको साथमा माईतीको सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रिले बताए ।

नेपाली महिलाहरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि मलेसियामा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु र संघ-संस्थाहरुलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव क्षेत्रिले जानकारी दिए ।