दार्चुला जीप दुर्घटना: श्रीमान, श्रीमतीसहित पाँच जनाको निधन

everest kitchen

समीर मल्ल
काठमाडौं । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा आउँदै गरेको जीप शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानीमा दुर्घटना भएको छ। जीप दुर्घटनामा जीपमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ।

गोकुलेश्वरबाट दार्चुला जादै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पांच जनाको घटनास्थलमै ज्यान गएको छ भने अन्य ५ जना घाईते भएको सोही जीपका यात्रु तथा प्रत्यक्षदर्शी धन बहादुर जागरीले जानकारी दिए ।

अहिले मालिकार्जुन प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेका छन भने गोकुलेश्वरबाट प्रहरी घटनास्थलमा प्रस्थान गरेको प्रहरीले जनाएको छ। उक्त घटनामा ज्यान गुमाउनेहरु बझाङ बुङ्गलका रैभान बोहरा र रैभानकीश्रीमती चम्फा बोहरा, सोही स्थानका पुने बोहरा, उजले बोहरा र
हिक्मत जागरी रहेका छन् ।