गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली समाज मलेसियाले सांस्कृतिक कार्यक्रम गर्ने

everest kitchen

मलेसिया। सुदूरपश्चिमेलीहरुको चार्ड गौरा पर्वको अवसरमा सुदूरपश्चिमेली नेपाली समाज मलेसिया तथा जोहोर क्षेत्रिय समितिको आयोजनामा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

सुदूरपश्चिमको कला,भाषा,साहित्य र संस्कृतिको संरक्षण सम्बर्द्धन गर्ने उदेश्यल‌े आयोजना गर्न लागेको गौरा पर्व तथा सांस्कृतिकमा स्थानीय कलाकारहरुको साथमा मनाउने गरि तयारीमा सिङ्गो समाज अघाडी बढिरहेको सुदूरपश्चिमेली नेपाली समाज मलेसिया,जोहोरबारु क्षेत्रिय समितिका अध्यक्ष तिलक बहादुर चंन्दले बताए ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मुल नारा सहित गौरा पर्व तथा सांस्कृतिक कार्यक्रममा मलेसियामा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएको हो ।

यसैगरी मलेसियामा हुदै आएका नेपाली सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएर चर्चामा आएकि डान्सर साइली तामाङ ,गायक चोलाकान्ता बि क, मोडल एव डान्सर सिमा बिक,मोडल बिकास मगर, गायक भक्त बिश्वकर्मा, मोडल सुरज बि.क गायक सुरेश हमाल, धर्मा साउँद ,मोहिनी मल्ल, ओम कला बि क लगायत एक दर्जन भन्दा धेरै स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने क्षेत्रिय अध्यक्ष तिलक बहादुर चंन्दले जानकारी दिए ।

यस्ता सांस्कृतिक कार्यक्रमहरुले धार्मिक, आस्था, आपसी सद्भाव र मलेसियामा रहेका सुदूरपश्चिमेली नेपाली हरुलाई एक शुत्रमा ल्याउन मद्दत पुग्ने भएकाले बिभिन्न समय मा कार्यक्रम हरु आयोजना गर्दै आएको सुदूरपश्चिमेली नेपाली समाज मलेसियाका अध्यक्ष दिनेश खड्का’खप्तडी’ले बताए ।

सांस्कृतिक कार्यक्रमको प्रायोजक मलेसियाको जोहोरबारु सेनाईमा रहेको बम ईन्टरप्राईजेजन का सन्चालक युवराज बमले गरेकाछन ।

सेप्टेम्बर ४ तारिख आयोजना गर्न लागेको उक्त गौरा पर्व तथा सांस्कृतिक जोहोरबारु को लार्किङ बस पार्क नजिकैमा रहेको होटल श्री मलेशियाको सभा हलमा स्थानीय समय अनुसार बिहान १० बजेबाट कार्यक्रम सञ्चालन हुनेछ ।