माओवादी स्थायी समिति बैठक: प्रचण्डले प्रस्ताव गरे महासचिवमा गुरुङ, कुन पदमा को–को ?

everest kitchen

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रसताव गरेका छन् ।

प्रचण्डले विधान अनुसार २१ जना पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । प्रस्तावित महासचिवमा देव गुरुङको नाम आएको छ ।

वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णवहादुर प्रस्ताव भएका छन् । उनीहरुको नाम यसअघि नै सहमति पनि जुटिसकेको छ । अध्यक्ष प्रचण्डले उपमहासचिवमा गरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेत प्रस्ताव गरेका छन् ।

त्यस्तै, सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हित राज पाण्डे, डिलाराम शर्मा र राम कार्की छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताव भएका छन् ।

प्रस्तावि नामहरुमा अहिले छलफल भइरहेको छ । माओवादीले आजै पदाधिकारी टुंग्याउने तयारी गरिरहेको छ ।