जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित

everest kitchen

मलेसिया । आदिवासी जनजाति महासंघ मलेसियाको अध्यक्षमा पुनः विपिन राई निर्वाचित भएका छन् । आईतवार मलेसियाको राजधानी क्वालालम्पुर स्थित फाईभ ईलिमेन्ट होटलमा सम्पन्न ५ औं महाधिवेशनले राईलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको हो ।

सम्पन्न महाधिवेशनले अध्यक्षमा बिपीन राई, बरिष्ठ उपाध्यक्षमा पदम राज लिम्बु र जगत दोङ तामाङ,
महिला उपाध्यक्षमा मिरा मगर थारू, महासचिब- बिक्रम तामाङ वाईबा, सचिबमा ईश्वर राई र अर्पण मगर, कोषाध्यक्षमा बिरबहादुर सारू मगर, सहकोषाध्यक्षमा सम्झना तामाङलाई चयन गरेको छ ।

यस्तै, सदस्यहरूमा रामकुमार राई, यज्ञ राज राई, तेजकुमार लिम्बु, राम बहादुर मगर, योग लुङ्गेली मगर लगायत रहेका छन् ।

सल्लाहकारहरूमा जीवन देवान गाउले, सुन्दर आले, दिलकुमार केरूङ, ईन्द्रनारायण लिम्बु, दिपक तामाङ, आरएन चौधरिलाई चयन गरिएको महाधिवेशन आयोजक समितिले उल्लेख गरेको छ ।

महासंघले यसअघि परेको २८ ओै विश्व आदिवासी दिवस समय अभावले मनाउन नपाएकोले सो अवसरमा उक्त दिवससमेत मनाएको थियो ।

कार्यक्रममा विभिन्न जातिय झाँकी संगै जातिय मौलिक परिकार समेत प्रदर्शनी गरिएको कार्यक्रम आयोजक समितिले जनाएको छ।

त्यस्तै, महासंघले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरु, कलाकार ,पत्रकार ,खेलाडी साथै समाजसेवीहरुलाई सम्मान गरेको थियो । जातिय संस्थाहरुको छाता संगठन महासंघले मलेसियामा रहेर श्रम गरिरहेका पिडित श्रमिकको उद्वार तथा सचेतना मूलक कार्यक्रमहरु गर्दै आएको छ।

कार्यक्रमको मूख्य प्रायोजकमा एभरेष्ट कीचन रेष्टुरेन्ट र काठमान्डौ रेष्टुरेन्ट रहेका थिए । सह प्रायोजकमा चितवन ट्रेडिङ, मितेरि रेष्टुरेन्ट, मण्डला रेष्टुरेन्ट ,लाङघालि, चुल्हो, द गोर्खाज रेष्टुरेन्ट, लालि गुराँस रेष्टुरेन्ट र सेवारो फेसन लगायत गरेका थिए । कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाबाट सहयोग भएको समितिले जनाएको छ।