पाठशालाका लघुकथा ३ को विमोचन

everest kitchen

काठमाडौं । लघुकथाको बिकास र बिस्तारका लागि खोलिएको हाम्रो लघुकथा पाठशाला पेजले भदौ ५ गते१४ औँ लघुकथा दिवसको अवसरमा पाठशालाका लघुकथा – ३ को विमोचन र विमर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

जुम प्रविधिमार्फत गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. पुष्करराज भट्ट , विशिष्ट अतिथिहरू प्रा.डा . कपिल लामिछाने र प्राज्ञ सदस्य ध्रुव मधिकर्मी रहनु भएको थियो। अतिथि वक्ताहरूले पेजको कार्यको मुक्त कण्ठले प्रशंसा गर्दै पुस्तकभित्र रहेका अधिकांश लघुकथाहरू पठनीय रहेको बताए ।

सङ्ग्रहमा १०७ लघुकथाकार का लघुकथाहरू समावेस भएको र नयाँ लेखकका पनि उत्कृष्ट लघुकथा रहनुले पेजको उद्देश्य सार्थक रहेको बताए । पुस्तकलाई राम्रो भन्दा राम्रो बनाउन सम्पादक त्रय लता केसी , डा शेखर कुमार श्रेष्ठ र राजु क्षत्री अपुरोको मिहेनतको तारिफ समेत गरे।

लता केसीको व्यवस्थापनमा सम्पन्न सो कार्यक्रममा उपस्थित सबैलाई एडमिन शुभ शर्माले स्वागत गरे । विमोचित सङ्ग्रहबाट एडमिनद्वय शुभ शर्मा र एडमिन दुर्गा वनबासीले लघुकथा वाचन गरेका थिए ।

दुई दर्जन लघुकथाकारहरूको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन एडमिन पौडेल बिमुन्सले गरेका थिए भने १ घण्टा १५ मि .मा सम्पन्न उक्त कार्यक्रमलाई सभापती डा. शेखरकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे ।