मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष जेल सजाय

everest kitchen

एजेन्सी । मलेसियाली अदालतले नजिब रजाकलाई १२ वर्षका लागि जेल चलान गरिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सन् २०२० मा १२ वर्षका लागि जेल सजाय तोकेको थियो । संघीय अदालतले उनको पुनरावेदन अस्वीकार गरेसँगै रजाक जेल गएका हुन् ।

प्रधानन्यायाधीश तेङ्ग्कु मैमुन तुअन म्याटले रजाकको पुनरावेदन सर्वसम्मतिले खारेज गरिएको बताएकी हुन् । पुनरावेदन गरेपछि धरौटीमा जेलबाहिरै रहेका रजाकले फैसला पर सार्न अदालतसँग आग्रह गरेका थिए । तर उनको आग्रह पनि अस्वीकार भएको हो ।

शक्तिको दुरुपयोग गर्दै नाजिव तुन राजाकमाथि उच्च प्रोफाईल घोटाला  एमडीबी काण्ड सम्बन्धित सातवटा आरोपमध्ये   तीनवटा मुद्दामा यसअघि दोषी ठहराइएको थियो ।

राजाक माथि शक्तिको दुरुपयोग, फौजदारी अभियोग उलङ्घन र पैसाको अपराध (मनी लॉन्ड्रिंग ) लगायतमा मलेसियाली एकअदातले दोषी ठहर गरेको थियो ।

उनले एक मलेसिया (वान मलेसिया) विकास बिएचडी (१एमडीबी) को सहायक एस.आर.सी इन्टरनेसनल एस.डी.एन बिएचडी मार्फत ४ करोड २० लाख रकम हिनामिना गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।

दोषी ठहरपछि नाजिव तुन राजाकलाई करोडौं  नगद जरिवाना तथा १२ वर्ष कैद सजाय हुने उल्लेख गरिएको  छ ।

नाजिवको समर्थनमा उच्च अदालत अगाडि हजारौंकाे संख्यामा समर्थक भेला भएका थिए । फैसला जारी भए पछि समर्थकहरुले सडकबाट उक्त फैसलाको बिरोध गरेका छन् । सामाजिक संजालमा भने आम नागरिकले याे फैसलाकाे स्वागत गरेका छन् ।

रजाकले आफ्नो खातामा आएको रकम सरकारी कोषको नभई साउदी शाही परिवारले चन्दा दिएको ठानेका उनका वकिलहरूले दाबी गरेका थिए । त्यसका साथै रजाकलाई आफ्ना आर्थिक सल्लाहकारहरूले गलत सल्लाह दिएको दाबी गरिएको थियो ।

रजाकका वकिलहरूले मुद्दाको पुनरावेदनका विषयमा निर्णय लिने विषयमा प्रधानन्यायाधीश संलग्न हुन नहुने माग गरेका थिए । प्रधानन्यायाधीश म्याटका पतिले सन् २०१८ मा सामाजिक सञ्जाल फेसबुकमार्फत रजाकको आलोचना गरेकाले उनले पक्षपातपूर्ण निर्णय लिन सक्ने दाबी गरिएको थियो । तर म्याटले फेसबुकको पोस्ट मुद्दा दायर गरिनुअघिको भएको भन्दै उक्त आग्रह अस्वीकार गरेकी थिइन् ।

अभियोजनकर्ताहरूले रजाक सहसंस्थापक रहेको वान एमडीबीबाट ४ अर्ब ५० करोड अमेरिकी डलर हिनामिना गरिएको दाबी गरेका थिए ।

नजिबकी पत्नी रोसमाह मान्सोरलाई समेत सम्पत्ति शुद्धीकरण र कर छलीको आरोप लागेको छ । उनले भने आफू निर्दोष रहेको बताउँदै आएकी छन् ।