प्रवासी नेपालीलाई नाक,कान,घाँटी सम्बन्धि स्वास्थ्य समस्या बारे परामर्श दिईने

everest kitchen

काठमाडौं । प्रवासी समन्वय समिति (पीएनसीसी)ले “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको आठौं श्रृङखला गर्ने भएको छ । पीएनसीसीले विश्वभरीका नेपालीलाई समेट्ने गरी भर्चुअल माध्यमबाट उक्त कार्यक्रम गर्न लागेको हो ।

आगामी भदौ १० गते तदअनुसार २६ अगष्ट २०२२ शुक्रबार कार्यक्रम हुने भएको हो । कार्यक्रम नेपालको समय अनुसार साँझको ठिक ७:३० बजेबाट सुरुहुने बताएको छ । “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रमको यो आठौं श्रृङखला हो।

कार्यक्रममा नाक, कान, घाँटी सम्बन्धि समस्या तथा समाधान विशेष रहने पीएनसीसीको आईएलओ कार्यक्रम संयोजक भरत नेपालले जानकारी दिए । उनका अनुसार, नाक, कान, घाँटी सम्बन्धि समस्या तथा समाधान बारेमासंगै अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारी, सल्लाह, छलफलसमेत रहनेछ ।

सो सम्बन्धि बि.पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर सुभाष देवकोटाले परामर्श दिने बताएको छ।

कार्यक्रममा सहभागी रहनेले समयमानै Meeting ID: 2897414063 र Passcode: pncc को प्रयोग गरी कार्यक्रममा फाल्गुन ६ मा साँझ ७ :३० बजे सहभागीता जानाउन सक्नेछन् ।